२२ वैशाख, काठमाडौं । पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन हुन्छ या हुँदैन भन्ने विषयमा ‘बिग हाउस’ का रुपमा परिचित नेपालका ठूला पत्रिकाहरुसमेत अस्वस्थ विवाद र भनाभन उत्रिएका छन् । कार्कीको नाम चर्चामा आएसँगै उनका विरुद्ध कान्तिपुर दैनिकले हरेक दिनजसो समाचार लेख्दै आएको थियो । कान्तिपुर दैनिकमै निर्देशक रहिसकेका रामेश्वर थापाले अन्नपूर्ण पोष्ट किनेपछि अन्नपूर्णले लोकमानका पक्षमा समाचार लेख्न थालेको थियो ।
‘लोकमानबाट त्रसित लोकतन्त्र’ शीर्षकमा आइतबार अन्नपूर्णपोष्टले कान्तिपुर दैनिकले अदालतलाई अनावश्यक दबाव दिएको समेत आरोप लाएको छ । कान्तिपुर दैनिकले भने लोकमानलाई अख्तियार प्रमुखमा नियुक्त गरिए लोकतन्त्रको उपहास हुने तर्कका साथ कार्कीविरुद्ध खुलेर लविङ गर्दै आएको छ । आइतबार प्रकाशित समाचारमा कान्तिपुरले कार्कीको नियुक्तिका लागि बाह्य क्षेत्रबाटसमेत दबाव आएको हुनसक्ने आशंका गरेको छ भने पार्टीभित्रका स्वार्थ समूहहरुले लोकमानलाई नियुक्त गर्न दबाब दिएको उल्लेख गरेको छ ।
किन भयो वार ?
लोकमानका बिषयलाई लिएर अन्नपूर्ण र कान्तिपुरवीच सुरु वारलाई यसका मालिकहरुवीचको आपसी दुस्मनीका रुपमा हेरिएको छ । २५ प्रतिशत हिस्सासहित चार बर्षसम्म कान्तिपुर मिडियाको निर्देशक रहेका रामेश्वर थापा केही महिनाअघि मात्र आफ्नो सेयर लिएर निस्केका थिए । त्यसक्रममा उनीहरुवीच ठूलै मतभेद भएको त्यसले दुस्मनीको तहमा पुगेको सूत्रहरु बताउँछन् । कान्तिपुरबाट निस्किएपछि रामेश्वरले अप्का हाउसद्वारा संचालित अन्नपूर्ण पोष्टको स्वामित्व किनेका थिए । अन्नपूर्णले कान्तिपुरलाई चुनौती दिने गतिलो अबसरका रुपमा लोकमान प्रकरणलाई लिएको देखिन्छ ।
त्यसो त अन्नपूर्ण र कान्तिपुरवीच पुरानै दुस्मनी पनि छ । नेपालमा आप्का हाउसले पत्रिका सुरु गर्दा कान्तिपुरले मिडियामा बिदेशी लगानी आउन नहुने भन्दै लविङ गरेको थियो । आप्काकै अंग्रेजी प्रकाशन ‘दि हिमालयन टाइम्स’ले बुद्ध भारतमा जन्मिभएको भनेर लेखेको भन्दै एउटा समूहले सो पत्रिका काठमाण्डौमा जलाएको थियो । पत्रिका जलाउने काम कान्तिपुरको योजनामा भएको आप्काको बुझाई थियो । यसैवीच आइतबारको नेपाल समाचारपत्र दैनिकले पनि कार्कीको नियुक्ति रोक्न खोज्नेहरुलाई ‘राजस्व छल्नेहरु’को संज्ञा दिएको छ ।
आइतवार अन्नपूर्ण पोष्टले छापेको समाचार टिप्पणी
कान्तिपुरको आइतवारको समाचार
२०५९ सालमा अन्नपूर्णले कान्तिपुरबारे छापेको समाचार
No comments:
Post a Comment