Pages

Friday, 10 May 2013

को हो नागरिक समाजको अगुवा

को हो नागरिक समाजको अगुवा ?

लडुञ्जेल वकिल र नेता, हारेपछि नागरिक अगुवा !

समाचार टिप्पणी । पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त गरिनु हुँदैन भनेर सर्वोच्च अदालतमा गर्मागर्मी बहस गर्ने दर्जन वकिलहरुको सूचीमा बरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता टीकाराम भट्टराईसमेत हुनुहुन्थ्यो । बैसाख १६ गते सर्वोच्चले लोकमानलाई नियुक्तिको बाटो खोलेपछि थापा र भट्टराईले अदालतमा हार्नुभयो । तर, आफैंले बहस गरेको मुद्दामा भएको पराजयलाई थापा र भट्टराईले स्वीकार्नुभएन ।
nagaric
अदालतमा आफ्नो पक्षले हारेपछि अदालत बाहिर निस्केर नागरिक समाजको अगुवाका रुपमा थापा र भट्टराईले राष्ट्रपतिसँग भेट गर्नुभयो र भन्नुभयो, कुनै पनि हालतमा लोकमानलाई अख्तियार प्रमुख बनाउने संवैधानिक परिषदको सिफारिसलाई स्वीकृत नगरियोस्, त्यसो गरिएमा नागरिक समाज आन्दोलनमा उत्रने छ ।
थापा र भट्टराई पेशेवर वकिल हुनुहुन्छ । उहाँहरु आफैंले बहस गरेर हारेको मुद्दामा राष्ट्रपतिलाई यसो नगर्नु र उसो नगर्नु भन्ने नैतिक एवं कानूनी हैसियत वकिलहरुलाई कसरी प्राप्त भयो ? २ दिन पहिले सोही मुद्दामा सर्वोच्च अदालतमा बहस गर्ने अनि दुई दिनपछि सोही मुद्दामा अदालतले आफ्नो विपक्षमा निर्णय सुनाउनासाथ राष्ट्राध्यक्षकहाँ पुगेर संवैधानिक प्रक्रियामा हस्तक्षेप गर्न वकिलहरुलाई कहाँबाट प्राप्त भयो नैतिक र कानूनी अधिकार ?
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको सचिवयालयका एक अधिकारी भन्छन्, ‘यसरी आफैले बहस गरेर हारेको मुद्दा लिएर राष्ट्रपतिकहाँ जान र अदालतको आदेशविरुद्ध बोल्न कुनै पनि वकिलहरुलाई नैतिकताले दिँदैन । यस्तो कार्यले न्यायालयको स्वतन्त्रतामाथि नै प्रहार गर्छ ।’
जितेको भए नेता, हारेपछि नागरिक अगुवा
त्यसो त बरिष्ठ अधिवक्ता थापा नागरिक समाजको अगुवा बनेर राष्ट्रपति कार्यालयमा आफैंले हारेको मुद्दाको विषयमा दबाव दिन पुग्नुभए पनि उहाँ चुनाव हारेका कारणले मात्रै नागरिक समाजको अगुवा बन्नुभएको हो । ०६४ सालको संविधानसभा चुनावमा थापा उदयपुरको क्षेत्र नं ३ बाट उमेद्वार बन्नुभएको थियो, तर नागरिक समाजका तर्फबाट नभई नेकपा एमालेका तर्फबाट । सो चुनावमा उहाँ ९ हजार २ सय ९८ मत ल्याएर दोस्रो स्थानमा आउनुभएको थियो । त्यसबेला थापा एमाओवादीका मोहनबहादुर खत्रीसँग चुनाब नहार्नुभएको भए अहिले नागरिक समाजको अगुवा हुनुको साटो एमालेको पूर्वसभासद ठहरिनु हुने थियो ।
एउटै व्यक्तिले यसरी कहिले पार्टी नेता, कहिले वकिल अनि कहिले ‘नागरिक समाजको अगुवा’ को भूमिका निर्वाह गर्दा नेपालमा ‘नागरिक समाज’को अगुवा कसलाई भन्ने भन्नेबारे अन्यौल छ । दलमा आवद्ध व्यक्तिहरु एवं मुद्दामा पक्ष विपक्षहरु नै नागरिक समाज भएर देखा पर्दा नागरिक समाजको गरिमा र निश्पक्षता पनि कायम हुन सकेको छैन । विगतमा रुक्माङ्गद कट्वालको समर्थन गर्नु अनि अहिले अदालतभन्दा अघि बढेर लोकमानसिंह कार्कीको विरोध गर्नुले नागरिक अगुवाका नाममा नेपालको वौद्धिक समुदायको नियतमाथि नै सर्वसाधारणले प्रश्न उठाउन थालेका छन् ।
पत्रकारसमेत नागरिक समाजका अभियन्ता
बरिष्ठ अधिवक्ता थापा र नेपाल बार एशोसिएसनका उपाध्यक्ष भट्टराई मात्रै होइन, चर्चित पत्रकार कनकमणि दीक्षितको भूमिका पनि कहिले पत्रकार त कहिले नागरिक अभियन्ताका रुपमा देखिने गरेको छ । वकिलले अदालतमा हारेर राष्ट्रपति कार्यालयमा गएजस्तै पत्रकार दीक्षितले पनि सिंहदरबार अगाडि विरोध प्रदर्शन गर्दै लोकमानविरुद्ध भाषण गर्नुभएको छ ।
विगतको लोकतान्त्रिक आन्दोलनमा जस्तो पत्रकारकै तर्फबाट प्रदर्शनमा भाग लिनु एउटा विषय हो, तर नागरिक अगुवाहरुको आन्दोलनको अभियन्ता पत्रकारले बन्न मिल्छ कि मिल्दैन ? पत्रकार राज्यको चौथो अंग हो कि ‘फिप्थ कोलम’ हो ? अदालतले नै छिनोफानो गरिसकेको कुनै पनि मुद्दामा पत्रकारले लेखेर वा मिडियामा बोलेर विश्लेषण गर्न सक्छ, तर दलका नेताहलाई समेत साथमा लिएर पत्रकारले नागरिक अगुवाका नाममा अभियान सञ्चालन गर्दा व्यवसायिक पत्रकारितामा कस्तो प्रभाव पार्ला ? नेपालका लोकतन्त्रको विकाससँगै यसबारे पर्याप्त बहस गर्नुपर्नेबेला आएको छ ।
सामान्यता लोकतन्त्रमा नागरिक समाजलाई राजनीतिक संस्कृतिका आवयवहरुको विकासका लागि अपरिहार्य अंग मानिन्छ । तर, वकिल, पत्रकार, नेता वा राजनीति कर्मीले नै बिहान एउटा र बेलुका अर्को भूमिमा प्रदर्शन गर्दा नागरिक समाज र अन्य सामाजिक विधाहरु एकअर्कामा लसपस हुन पुगेका छन् । विहान मुद्दा लड्ने र बेलुका हारेपछि राष्ट्रपति कार्यालय अगाडि धर्ना दिने कार्यले कानुनी व्यवसायलाई पक्कै मर्यादित बनाउन सक्दैन । लोकतन्त्रलाई संस्थागत गर्ने हो भने सबैले आफ्नो पेशागत धर्म छाड्नु हुँदैन ।
पछिल्लो समय सर्वोच्चको अर्को एउटा फैसलाविरुद्ध नेपाल सरकारका सहसचिवहरु विरोध प्रदर्शनमा उत्रिए । त्यस्तै सोमबार लोकमानको विरोधमा केही कर्मचारीहरुले पनि सरकारी पोशासकमै राजधानीमा प्रदर्शन गरे । लोकमानलाई संवैधानिक परिषदले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ, उनको सिफारिस संवैधानिक छ कि छैन भनेर जाँच्ने काम राष्ट्रपतिको हो । तर, सरकारी कर्मचारीले समेत यो मामिलामा धर्ना जुलुस गर्नु अनि पत्रकारले कर्मचारीको आन्दोलनलाई ‘नागरिक समाजको आन्दोलन’का रुपमा चित्रित गर्नु कत्तिको सुहाउला ? नयाँ लोकतान्त्रिक अभ्याससँगै नेपालमा ‘सिभिल सोसाइटी’को परिभाषा खोज्नुपर्ने भएको छ ।
हामी नागरिक अगुवा हौं – भट्टराई
नेपाल बार एशोसिएसनका उपाध्यक्ष समेत रहनुभएका टीकाराम भट्टराई आफूहरु ०६२/६३ को जनआन्दोलनमा सहभागी हुँदै आएका नागरिक समाजका अगुवा रहेको बताउनुहुन्छ । ‘लोकमानको मुद्दा रामबहादुर र श्यामबहादुरवीचको लेनदेनको भगडाजस्तो होइन, यो सार्वजनिक एवं राष्ट्रिय सरोकारको मुद्दा हो र यो लोकतन्त्रसँग सरोकार राख्ने विषय हो ।’ भट्टराईले अनलाइनखबरसँग भन्नुभयो- ‘हामीले यो मुद्दाको बहस गर्दा निवेदक ओमप्रकाश अर्यालबाट एक रुपैयाँ पनि शुल्क लिएका छैनौं ।’
आफूहरुले जनआन्दोलनका बेलामा पनि लोकतन्त्रको पक्षमा अदालत र सडकमा दुबै ठाउँमा आवाज उठाएको भन्दै भट्टराईले आफूहरुमाथि लगाइएको यस्तो आरोपमा कुनै तुक नभएको बताउनुभयो । ‘हामी शाही शासनविरुद्ध यसै गरी लड्दै आएका छौं, त्यसैले यस्तो आरोप हामीलाई स्वीकार्य छैन, हामी ०६२/६३ को जनआन्दोलनका नागरिक समाजका अगुवा हौं ।’ उहाँले अनलाइनखबरसँग भन्नुभयो ।

लोकमानका नाममा मिडियावीच ‘कर्पोरेट वार'

२२ वैशाख, काठमाडौं । पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन हुन्छ या हुँदैन भन्ने विषयमा ‘बिग हाउस’ का रुपमा परिचित नेपालका ठूला पत्रिकाहरुसमेत अस्वस्थ विवाद र भनाभन उत्रिएका छन् । कार्कीको नाम चर्चामा आएसँगै उनका विरुद्ध कान्तिपुर दैनिकले हरेक दिनजसो समाचार लेख्दै आएको थियो । कान्तिपुर दैनिकमै निर्देशक रहिसकेका रामेश्वर थापाले अन्नपूर्ण पोष्ट किनेपछि अन्नपूर्णले लोकमानका पक्षमा समाचार लेख्न थालेको थियो ।
lokmansing-karkiकेही दिनदेखि जारी यो प्रकृया आइतवारको संस्करणमा भने आपसी हिलो छ्यापाछ्यापमा परिणत भयो । आइतबार अन्नपूर्ण दैनिकले प्रथमपृष्ठमै समाचार टिप्पणी छापेर कान्तिपुरलाई ‘पीत पत्रकारिता’ गरेको आरोपसमेत लगाएको छ । लोकमान सिंह राजाबाट नियुक्त पूर्वमुख्यसचिव भएकैले उनलाई अख्तियार प्रमुख बनाउन नपाइने हो भने कान्तिपुर टेलिभिजनको उद्घाटन पूर्व युवराज पारसले गरेको अन्नपूर्णपोष्टले तर्क गरेको छ ।
‘लोकमानबाट त्रसित लोकतन्त्र’ शीर्षकमा आइतबार अन्नपूर्णपोष्टले कान्तिपुर दैनिकले अदालतलाई अनावश्यक दबाव दिएको समेत आरोप लाएको छ । कान्तिपुर दैनिकले भने लोकमानलाई अख्तियार प्रमुखमा नियुक्त गरिए लोकतन्त्रको उपहास हुने तर्कका साथ कार्कीविरुद्ध खुलेर लविङ गर्दै आएको छ । आइतबार प्रकाशित समाचारमा कान्तिपुरले कार्कीको नियुक्तिका लागि बाह्य क्षेत्रबाटसमेत दबाव आएको हुनसक्ने आशंका गरेको छ भने पार्टीभित्रका स्वार्थ समूहहरुले लोकमानलाई नियुक्त गर्न दबाब दिएको उल्लेख गरेको छ ।
किन भयो वार ?
लोकमानका बिषयलाई लिएर अन्नपूर्ण र कान्तिपुरवीच सुरु वारलाई यसका मालिकहरुवीचको आपसी दुस्मनीका रुपमा हेरिएको छ । २५ प्रतिशत हिस्सासहित चार बर्षसम्म कान्तिपुर मिडियाको निर्देशक रहेका रामेश्वर थापा केही महिनाअघि मात्र आफ्नो सेयर लिएर निस्केका थिए । त्यसक्रममा उनीहरुवीच ठूलै मतभेद भएको त्यसले दुस्मनीको तहमा पुगेको सूत्रहरु बताउँछन् । कान्तिपुरबाट निस्किएपछि रामेश्वरले अप्का हाउसद्वारा संचालित अन्नपूर्ण पोष्टको स्वामित्व किनेका थिए । अन्नपूर्णले कान्तिपुरलाई चुनौती दिने गतिलो अबसरका रुपमा लोकमान प्रकरणलाई लिएको देखिन्छ ।
त्यसो त अन्नपूर्ण र कान्तिपुरवीच पुरानै दुस्मनी पनि छ । नेपालमा आप्का हाउसले पत्रिका सुरु गर्दा कान्तिपुरले मिडियामा बिदेशी लगानी आउन नहुने भन्दै लविङ गरेको थियो । आप्काकै अंग्रेजी प्रकाशन ‘दि हिमालयन टाइम्स’ले बुद्ध भारतमा जन्मिभएको भनेर लेखेको भन्दै एउटा समूहले सो पत्रिका काठमाण्डौमा जलाएको थियो । पत्रिका जलाउने काम कान्तिपुरको योजनामा भएको आप्काको बुझाई थियो । यसैवीच आइतबारको नेपाल समाचारपत्र दैनिकले पनि कार्कीको नियुक्ति रोक्न खोज्नेहरुलाई ‘राजस्व छल्नेहरु’को संज्ञा दिएको छ ।
आइतवार अन्नपूर्ण पोष्टले छापेको समाचार टिप्पणी
annapurnapost-may-5
कान्तिपुरको आइतवारको समाचार
kantipur-on-lokman
२०५९ सालमा अन्नपूर्णले कान्तिपुरबारे छापेको समाचार
annapurna-post-2059

प्रचण्ड, अध्यक्ष एनेकपा (माओवादी)
मलाई त गर्व छ, ती तत्वहरु जो विदेशी डलरमा बाँचेका छन्, डलरमा बिकेका छन् र परिवर्तनको प्रवाहलाई रोक्न खोजिरहेका छन्, तिनीहरुले रातदिन प्रचण्डको विरोध गरेर जे कुरामा पनि प्रचण्डलाई आरोपित गरेका छन् । यसमा मलाई गर्व छ । प्रतिक्रियावादी, प्रतिगामी र यो देशका सबैभन्दा बढी शोषण गर्ने तप्काले मलाई मन पराएको छैन । मलाई उनीहरुले परिवर्तनको प्रतीक बनाइदिएका छन् । नाकारात्मक हिसाबले उनीहरुले हाम्रो पार्टीलाई परिवर्तनको प्रक्रियामा सहयोगै गरे । उनीहरुले प्रचण्ड राम्रो मान्छे हो भन्दिएको भए मैले सोच्नुपथ्र्यो कि म काहिँ बिगि्रएको त छैन ?prachanda
दशवर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन हुँदै मुलुकमा जुन परिवर्तन आयो, त्यो नेतृत्वमा आएर केन्द्रीकरण हुँदा सात पार्टीका तर्फबाट गिरिजाप्रसाद कोइराला र माओवादीको तर्फबाट प्रचण्डले हस्ताक्षर गरेर यो परिवर्तन आयो । गिरिजाबाबु अहिले हुनुहुन्न । त्यसैले परवर्तन नचाहनेहरुमा के भैरहेको छ भने प्रचण्डलाई जे कुरामा पनि आलोचना गरेपछिमात्रै यो परिवर्तनको प्रवाह रोक्न सकिन्छ र मुलुकलाई प्रतिगमनतर्फ लान सकिन्छ । अहिले उनीहरुको यही रणनीतिले काम गरिरहेको छ । हामी राजनीति गर्नेहरुले यसका पछाडि रहेको चरित्रलाई बुझ्नुपर्ने हुन्छ । मुखले के बोल्यो भन्नेमात्रै सोचेर हुन्न, यो भनाइले त्यसका पछाडि कुन वर्ग र तप्काको सेवा गर्न खोजिरहेको छ भन्ने हेर्नुपर्छ ।
रुक्माङ्गद किन ठीक, लोकमान किन बेठिक ?
केही मानिसहरुले आफूभित्रको पाप पखाल्नलाई मात्रै लोकमानको विरोध गरेका हुन् । एकखाले इमान्दार मान्छेले विभिन्न चलखेललाई नबुझेर पनि विरोध गरिरहेका छन् । हिजोको राजाबादीलाई किन बनाएको होला भनेर विरोध गर्नेहरु पनि छन्, तिनीहरुलाई मेरो केही भन्नु छैन । वहाँहरुलाई लोकमान भन्दा सयौं गुणा अपराधीहरु यहाँ बडो मजाले सम्मानित भएर बसेका सयौं छन् भन्ने बुझ्न अनुरोध गर्छु । लोकमानलाई मात्रै बलीको बोको बनाएर यहाँ केही हुनेवाला छैन ।लोकमान आफैंले कसैलाई मारेको पनि होइन । हिजोको अख्तियारले आरोप भनेर केही गरेको पनि छैन । मैले अख्तियारलाई पनि बुझेको छु । हो, हिजो राजाले उनलाई नियक्ति गरे । त्यो हिजोको कुरा भयो । हिजो हामी लडाइँमा थियौं, आज हामी मिलेका छौं । हिजो हामी राजतन्त्रमा थियौं, अहिले हामी गणतन्त्रमा छौं । सबैले गणतन्त्र स्वीकारेका छौं । हिजो बन्दूक लिएर लड्नेहरु अहिले हामी अँगालो हालेर हिँडिरहेका छौं । हिजोको माओवादी सेना र हिजोको शाही सेना नयाँ ढंगले समायोजित भएको छ ।
मलाई आश्चार्य के लाग्छ भने मैले रुक्माङ्गद कट्वाल, जसलाई लोकमानलाई जस्तै रायमाझी आयोगका र अरु पनि थुप्रै आरोपहरु थिए, उनलाई कारवाही गर्नुपर्छ भन्दा जुन मानिसहरु उनलाई कारवाही गर्नु हुँदैन भन्दै बचाऊमा लागे तिनै मानिसहरु अहिले लोकमानमा नै सहमति हुँदा अर्को ढंगले हल्ला खल्ला गरिरहेका छन् । मलाई यसमा बडो अनौठो लागिरहेको छ । रुक्माङ्गद किन ठीक र लोकमान किन बेठिक भनेर उनीहरुले जवाफ दिन सकेका पनि छैनन् र सक्दैनन् पनि । किनकि त्यहाँ बेइमानी छ । इमान्दारिता हुन्थ्यो भने जवाफ दिन सम्भव थियो ।
prachanda-full-photo
लोकमानकै सन्दर्भमा यो त बडो विचित्र भयो, राजनीतिक नेतृत्वले धेरै दिन छलफल गरेर सहमति गरेको हो । प्रचण्डले ल्याएको भन्ने हो भने कांग्रेस एमालेले प्रचण्डले भनेको किन मानेको त ? नमानेको भए हुन्थ्यो नि । के मैले दबाव दिएर मान्न लगाएको हो ? एकैघण्टामा भटाभट निर्णय भएको पनि होइन, सात दिन छलफल गरेर निर्णय भएको हो । प्रचण्डलाई मात्रै दोषी भन्ने कुरा रही छैन । तर, प्रचण्ड संयोजक भएको हुनाले त्यसमा प्रचण्डको ‘अनरसीप’ छ । र मैले भनेको छु, म यसको जिम्मा लिन्छु । एकथरि मान्छेले सडकमा विरोध गरे भन्दैमा आफूले गरेको निर्णयबाट पछि हट्ने त्यस्तो मान्छेबाट यो देशको नेतृत्व हुँदैन । त्यस्ता पार्टीबाट देशको नेतृत्व हुँदैन । यस्ताले गरिखान्छन् भन्ने मलाई लाग्दैन । त्यसमा पनि संवैधानिक परिषदबाट निर्णय गरेर राष्ट्रपतिकहाँ पुगिसकेपछि राष्ट्रिपतिलाई गुहारेर रोकदिनोस् भन्नेहरु त प्रतिगामी नै हुन् ।
लोकमानलाई मैले पनि समर्थन गरेकै हो र मैले जिम्मा लिइराखेको छु । जिम्मा लिन तयार छु । अध्यक्षकोमा माइन्युट मैले बुझाएको हुँ । म जिम्मा लिन्छु । एउटा मान्छेलाई यति पूर्वाग्रहरु भिएर हेर्छौ भने हामी कति संकीर्ण र परिवर्तनको विरोधी छौं ।मैले अस्तिमात्रै मन्त्रिपरिषदका सम्माननीय अध्यक्षकहाँ चार दलका नेताहरुको छलफल भने, गल्ती नै थियो भने पनि संवैधानिक परिषदले राष्ट्रपतिकहाँ पठाइसक्यो, अब त नयाँ संविधानसभा बनाएर महाअभियोग लगाएरमात्रै सच्चिन्छ । वीचमा सच्याउँछु भनेर भाँडभैलो गरेर देशलाई भड्खालोमा हाल्न पाइन्छ ? अदालतमा गएर कसैले सच्याउनुपर्छ भने अदालत गए भयो । नत्र तपाईहरुलाई गल्ती भयो भन्ने लागेको छ भने छिटो निर्वाचन गर्ने र वैधानिक तरिकाले सच्याउने । राष्ट्रलाई नै बन्धक बनाउने उद्देश्यले अराजकता र अन्यौलतिर लैजानु त भएन नि ।
ज्ञानेन्द्र पनि राष्ट्रपति हुन सक्छन्
राज्यले ज्ञानेन्द्रलाई पनि संरक्षण गरेकै छ । जतिबेला संविधानसभाको पहिलो बैठकबाट गणतन्त्रको घोषणा भयो, त्यसलगत्तै पार्टीहरुको बैठक पनि बसेको थियो । ज्ञानेन्द्रप्रति कस्तो व्यवहार गर्ने ? ज्ञानेन्द्रले निरंकुश शासन पनि लगाएका हुन् । थुप्रै मान्छे मार्नेमा पनि उनको प्रत्यक्ष भूमिका पनि छ । उनी सामन्तवादी पनि हुन्, निरंकुशतावादी पनि हुन् । कतिपय अवस्थामा त उनलाई ठूलो कारवाही गरे पनि हुने हो नि । सबभन्दा बढी कारवाही गर्नुपर्ने मान्छे त उनै हुन् नि त । तर, हामी पार्टीहरुले समझदारी बनायौं र राज्यका तर्फबाट पनि उनलाई सुरक्षा पनि दिऔं र सम्मानित ढंगले राखौं भन्यौं ।
उनले गणतन्त्रलाई स्वीकार्छन् र परिवर्तनलाई स्वीकार्छन् भने उनलाई लखेटिराख्न जरुरी छैन । यो चाहिँ मानवीय दृष्टिकोणले पन रिाम्रो हुँदैन भन्यौं । उनले मेरी आमालाई यहीँ नारायणहिटीभित्रे राखियोस् भने, ल ठिकै छ आमालाई त्यहीँ राख्न पनि दिऔं भन्यौं हामीले । उनी नागार्जुनमा गएर बस्छु भने, हामीले हुन्छ भन्यौं । ज्ञानेन्द्रलाई दिएको यो सुविधा कांग्रेस एमालेले पनि स्वीकारेकै छन् । ज्ञानेन्द्र त लोकमान भन्दा हजारौं गुणा ठूला हुन्, उनको लोकमानसँग तुलनै हुन सक्दैन । पार्टी खोलेर चुनाव लड्न आउँछन् भने ज्ञानेन्द्र पनि आए हुन्छ । उनले पनि प्रतिश्पर्त्रा गरे हुन्छ, त्यसलाई हामीले सहजरुपमा लिनुपर्छ । चुनाव जितेर आए पनि भोलि उनी राष्ट्रपति हुन पनि पाउँछन् । यदी साँचो लोकतन्त्र हो भने हामीले त्यहाँसम्म उदार हुनु पनि पर्छ ।
अहिलेको आवश्यकता राष्ट्रिय एकता
हामी नेपालको राजनतिक इतिहासको जुन मोडमा छौं । हामीले यो बदलिँदो परिस्थिति अनुसार नयाँ राष्ट्रिय एकता बनाएर जानुपर्छ । नयाँ राष्ट्रिय एकता बनाउन सकिएन भने र कुनै न कुनै आग्रह र पूर्वाग्रहको कैदी भएर बस्यौं भने राष्ट्र निर्माण गर्न पनि सकिँदैन, संविधान बनाएर स्थिरता ल्याउन पनि सकिँदैन । यो कुरा मेरो अहिलेमात्रै विकसित भएको हैन, मैले यो कुरा धेरै पहिले देखि नै भन्ने गरेको छु ।
खाली रहेका संवैधानिक निकायहरुमा पूर्ति गर्न जरुरी थियो । यसमा सात दिन छलफल गरेर सहमति हुने, अनि बाहिरचाँहि एकथरि मार्काका मान्छेहरु, जो जहिले पनि निहँु खोजेर देशमा भाँडभैलो भैराखमोस् भन्ने चाहन्छन्, को कुरा सुनेर सही गरिसकेको विषयमा पनि गल्ती भयो भन्दै हिँड्ने नेतृत्वले राष्ट्र चलाउन सक्दैन । यस्ताबाट राष्ट्र हाँकिदैन र जनतामा विश्वास पनि हुँदैन ।पञ्चायतकालमा राजालाई समर्थन गर्नेहरु त कति थिए, थिए, मेरै काका र नातेदारहरु थिए, तिनीहरुले अहिले आएर गणतन्त्रलाई स्वीकारेका छन्, उनीहरुमाथि पूर्वाग्रह राखिराख्नु जरुरी छैन ।
prachanda-2
हिजो कोही राजावादी भए होलान्, कोही कांग्रेसवादी भए होलान्, अरु विभिन्न वादी भए होलान्, पञ्चायतको पालादेखि यहाँ एकखालको राजनीतिक संस्कार थियो । अहिले ठूलो आन्दोलन र परिवर्तन भयो । त्यसकारण अहिले हामीले हिजोको आग्रह र पूर्वाग्रहको कोणबाट हैन, सैद्धान्तिक प्रतिवद्धता र व्यवहारिक संकल्पका आधारमा मानिसहरुको मुल्यांकन गर्नुपर्छ । र, सबैलाई समेटेर अहिलेको नयाँ गणतन्त्रमा राष्ट्रिय शक्ति निर्माण गर्नेतिर लाग्नुपर्छ भन्ने मलाई लाग्छ ।एकापसमा पानी बाराबारको संस्कृति विल्कुलै राम्रो होइन । त्यसरी सोच्यो भने हामी नयाँ राष्ट्रिय एकता बनाउन पनि सक्दैनौं । जनताको तागतलाई राष्ट्र निर्माणमा एकतावद्ध गर्न पनि सक्दैनौं । तर नेपालमा पानी बाराबार गर्नेखालको एउटा राजनीतिक संस्कार बसेर आयो । हाम्रो सामन्ती, ब्राह्मणवादी वा वर्णाश्रम संस्कारले समाजलाई विभिन्नमा फाटो पार्ने गरेको छ । त्यसमाथि राजा महाराजाहरुले राष्ट्रलाई विखण्डित गर्ने र जनतामा विभेद ल्याउने नीतिका कारणले अहिले पनि राजनीतिक पार्टीहरुको सोच्ने तरिकामा यस्तैखाले आग्रह पूर्वाग्रह बढी नै देखिन्छ । तर, नेपालको अहिलेको आवश्यकता भनेको आम जनताको परिवर्तनको अपेक्षा के हो, राष्ट्रलाई स्थिर कसरी बनाउने र जनताको संवृद्धिको आकांक्षा, विज्ञान प्रवृधिको उपयोग गर्न इच्छुक छ र त्यसमा मेरो पनि पहुँच होस् भन्ने चाहन्छ । त्यसका निम्ति आर्थिक रुपले सम्पन्न नभई हुँदैन भन्ने चाहिरहेको छ । त्यसतर्फ लैजान आँट गर्नुपर्छ ।
भारततिरमात्रै सोझ्याउनु गलत
खिलराज रेग्मीलाई सरकार प्रमुख बनाउने कुरा मेरो दिमागमा पश्चिमा केही राजदूतहरुसँग कुरा हुँदा आयो र मैले हेटौडा महाधिवेशसनमा भनें । बहालवाला न्ययाधीशको नेतृत्वमा पनि गर्न सकिन्छ भन्ने कुरा पहिले उताबाट आएको हो । पछि यो कुरालाई अमेरिकाले पनि समर्थन गर्यो, भारतले पनि समर्थन गर्यो, युरोपले पनि समर्थन गर्यो र चाइनाले पनि समर्थन गर्यो । अब यसलाई एउटा देशतिरमात्रै सोझ्याएर भारतले भनेको अनि गरेको भन्नुजस्तो राष्ट्रिय स्वाभिमान नभएको प्रवृत्ति मैले अरु ठान्दिँन । त्यसैले यो प्रस्ताव भारतबाट आएको भन्नु पनि विल्कुल गलत हो । यसमा हाम्रो हीन ग्रन्थी पनि अलि बढी भयो जस्तो लाग्छ । यस्तो कुरालाई हामीले स्वीकार्छौं भने यो असाध्यै ठूलो हीनताबोध हो र यो आफैंप्रतिको अविश्वासको परिचायकमात्रै हो ।
राष्ट्रपतिलाई गाली गर्नेहरु निरीह
एकदिन अगाडिसम्म राष्ट्रपतिकहाँ गुहार गर्न जाने, राष्ट्रपतिलाई संविधानको मर्म र भावना विपरीत भए पनि काम गर्नोस् भनेर उकास्ने, राष्ट्रपतिलाई अराजक हुन र विधि-विधान तोड्न गर्ने र आफूले भनेको भएन भने भोलिपल्टै राष्ट्रपतिलाई गालीगलौज गर्ने, यसबाट पनि देखिन्छ कि ती मानिसहरु कति कमजोर छन् । तिनीहरुको धरातल कति कमजोर छ र तिनीहरुको नियत कति खराब छ । 

प्रचण्ड राम्रो मान्छे भन्दिएको भए मैले सोच्नुपर्थ्यो - प्रचण्ड,

प्रचण्ड राम्रो मान्छे भन्दिएको भए मैले सोच्नुपर्थ्यो 