एमाओवादीले कुनै हालतमा जनताका मुद्धा छोड्दैन, छोडे माओवादीको अस्तित्व रहँदैन : प्रचण्ड
हेटौडा, २० माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाओवादीले कुनै हालतमा जनताका मुद्धा नछोड्ने प्रतिवद्धता जनाउँदै एमाओवादी नेपाल र नेपालीलाई समृद्ध बनाउने बाटोमा रहेको उल्लेख गर्नुभयो । एमाओवादीको एकताको सातौं महाधिवेशनमा शनिबार बेलुकी सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो– ‘एमाओवादीले कुनै हादलतमा जनताको एजेन्डा छोड्ने छैन, जुन दिन छोड्न त्यो दिनबाट माओवादी नेपालमा हुँदैन भन्ने बोध छ ।
एमाओवादीको महाधिवेशनले विश्वकै ध्यान
तानेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले ‘देश विदेशमा रहेका नेपालीहरु र
विश्व भरका मानिसहरुले पनि नेपालमा के हुन्छ र एमाओवादी के लिएर आउँछ,
भन्ने जिज्ञासा छ, यसर्थ हाम्रो महाधिवेशनको औचित्य र महत्व पुष्टि भइसकेको
छ ।’ उहाँले दशौं हजार जनताको छोराछोरीको बलिदानीबाट स्थापित पार्टीले
त्यो रगत र बलिदानीमाथि कहिल्गै धोका नदिने समेत प्रतिवद्धता जाहेर
गर्नुभयो ।
क्रान्ति सबै ठाउँमा एकै हुँदैन
एमाओवादी जडसुत्रवाद र दक्षिणपन्थी
अतिवादको बीचबाट अघि बढेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले एमाओवादी
वैज्ञानिक पार्टी भएकाले माक्र्सवादलाई यान्त्रिक रुपमा कहिले नलिएको
बताउनुभयो । ‘हाम्रो पार्टीले के कुरा गहिरो गरी बुझेको छ भने क्रान्ति
भन्ने कुरा सबै देशमा सबै समयमा एकै गरी हुँदैन, जुन कुरा कम्युनिष्ट
पथप्रदर्कहरु माक्र्स, लेनिनको जीवनबाट पनि देखिसकेको छ । क्रन्तिहरु
रुसमाजस्तो चीनमा भएन, चीनमा जस्तो पेरुमा भएन, पेरुमा जस्तो क्युवामा भएन,
क्युवामा जस्तो भियतनाममा भएन ।’ उहाँको भनाई थियो ।
अन्तजस्तो नेपालमा पनि नहुने स्पष्ट पार्दै
उहाँले यहाँ पनि हाम्रो खाले र हामी नेपाली जनताको लागि फरक तरिकाबाट
क्रान्ति अघि बढ्ने बताउनुभयो । शान्तिपूर्ण तवरमा संविधानसभा निर्वाचनमा
गएर जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने उहाँको विश्वास थियो ।
उत्पादनका लागि संघर्ष
अध्यक्ष प्रचण्डले सम्बोधनका क्रममा
उत्पादनका लागि संघर्ष गर्नुपर्ने र तलदेखि माथिसम्म सबै तहमा उत्पादनको
लागि संघर्ष गरी देशलाई समृद्ध पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले
भन्नुभयो– ‘देशलाई छिटोभन्दा छिटो समृद्ध बनाउनका लागि उत्पादनलाई उल्लेख्य
रुपमा वैज्ञानिक तवरमा बढनाउन महाधिवेशनले निर्णय गर्नेछ, महाधिवेशनले
यसको विकल्प देखेको छैन ।’ २१ वर्षअघिको महाधिवेशनले राजतन्त्र ढालेको
भन्दै अहिलेको महाधिवेशनले सम्पन्न र समृद्ध देश निर्माण र जनबादी
क्रान्तिको कार्यभार पूरा गर्ने उहाँको कथन थियो ।
काँग्रेस–एमालेको मर्ने बेलामा प्वाँख
अध्यक्ष प्रचण्डले विपक्षी दलहरुका
नेतहरुलाई इंगित गर्दै काँग्रेस, एमालेलाई सबै चाहेका मन्त्रालय लिन आग्रह
गर्दा पनि नमानेको उल्लेख गर्नुभयो । सरकारमा हुँदाहुँदा पनि एमाओवादीले
यति धेरै अफर दिँदा पनि नमान्नु विपक्षीको मसितभ्रष्ट भएको आरोप समेत
उहाँले लगाउनुभयो ।
‘गृह, रक्षा लगायत महत्वपूर्ण मन्त्रालय
लिनुस, अख्तियार पनि तपाईंहरु नै लिनुस्, भन्दापनि नमान्नु, भन्न त मन
लागेको थिएनm तैपनि, काँग्रेस एमालेको मतिभ्रष्ट भएको हो कि ?’ उहाँले
भन्नुभयो– ‘अब महाधिवेशनले अर्को सबैलाइृ मान्य हुने फर्मुला लिएरु आउँछ,
त्यो पनि मान्नु हुँदैन भने काँग्रेस एमालेलाई जनताले हविगत देखाउनेछ, सबै
प्रस्ताव नमान्दा लाग्छ, कतै उहाँहरुको मर्ने बेलामा कमिलाको प्वाँख आएको त
हैन ।’
No comments:
Post a Comment