Pages

Wednesday, 27 March 2013

कनकको डरलाग्दो कनेक्सन


कनकको डरलाग्दो कनेक्सन

दिल्लीदेखि न्युयोर्कसम्म खेतीपाती

काठमाडौं । कनकमणि दीक्षित पश्चिमाहरूको इसारामा चल्ने नेपाली नागरिक हुन् भन्ने आरोप लगाइन्छ । के यो ओरोप तथ्यसंगत छ त ? पछिल्लो पटक भेटिएका तथ्यहरूले आरोप सत्यको नजिक भएको पुष्टि गरेको छ । उमेर र बुद्धिका हिसाबले आफूलाई आफ्नो सेतो कपालझैं इमानदार दाबी गर्ने कनकमणिका गतिविधीहरु उनले भनेजस्तो पारदर्शी छैन । हामी खोतल्दै छौं यस्ता तथ्यहरू जसले कननको कनेक्सन र यसका डरलाग्दा गेम प्लानहरूको चिरफार गर्नेछ ।
फोर्ट फाउन्डेसनबाट लाखौं डलर ल्याएर संविधानसभाको यात्राका नाममा हिमाल पत्रिकामा कनकले सभासद्हरूको विचार राख्ने गर्थे । हुन त उनी देख्दा मिडिया व्यवसायी हुन् तर उनले हात नहालेको ठाउँ नै छैन । उनी साझा यातायातका अध्यक्ष छन् । नागरिक समाज, बुद्धिजीवी, पत्रकार, व्यापारी, शैक्षिक माफिया उनका बहुरूप छन् । उनी रातो बंगला स्कुलबाट लाखौं रुपैयाँ जम्मा गरेर पैसा विदेश पठाउने गर्छन् ।
Janandolan Nagarik Sabha 20640111_258
दीक्षितले विभिन्न विदेशी गैरसरकारी संस्था ९आईएनजीओ०बाट नियमित आर्थिक लाभ लिने गरेका छन् । उनले यसरी लाभ लिने आईएनजीओमा एक्सन एड नेपाल, आडरा नेपाल, एसोसिएसन अफ भोलेन्टियर्स विद आउट फ्रन्टियर्स, बीएनएमटी, केयर नेपाल, सीईसीआई, सेडपा, चाइल्ड प्रोटेक्सन सेन्टर, चाइल्ड वेलफेयर स्किम, चाइल्ड फन्ड जापान छन् । यत्तिमा मात्र उनको खेतीपातीको जालो सकि“दैन । उनले कन्सर्न वल्र्डवाइड, डेनिस फरेस्ट्री एक्सटेन्सन, नेपाल एग्रो फाउन्डेसन, इको हिमाल, एजुकेट दी चिल्ड्रेन, फेमिली हेल्थ इन्टरनेसनल, जर्मन नेप्लीज हेल्प एसोसिएसन जस्ता आईएनजीओबाट पनि विभिन्न नाममा सहयोग हात पार्छन् ।
यति मात्र होइन, कनकको कनेक्सन ग्रुप फर ट्रान्स कल्चर, ह्याबिट्याट फर ह्युमिनिटी इन्टरनेसनल, ह्यान्डिक्याप इन्टरनेसनल, हेइफर प्रोजेक्ट इन्टरनेसनल, हेलेन केलर इन्टरनेसनल जस्ता आईएनजीओमा पनि छ । हेल्भेटास नेपाल, इन्टरनेसनल एलर्ट, इन्टरनेसनल डेभलपमेन्ट इन्टरप्राइज नेपाल, इन्टरनेसनल नेपाल फेलोसिप, इन्टरनेसनल रेस्क्यू कमिटी नेपाल, इन्टरप्लास्ट जर्मनी, लेप्रोसी मिसन नेपाल, मर्सी कर्पसमा पनि कनकको कनेक्सन छ । यीमध्ये कतिपय यस्ता आईएनजीओ छन् जसले विभिन्न कभरमा नेपालमा संवेदनशील सूचनाहरू ठूला र शक्ति राष्ट्रका गुप्तचर एजेन्सीलाई दिन्छन् ।
माइक्रो न्युट्रेन्ट इनिसियटिभ, क्यानेडियन को–अपरेसन अफिस, एमएस नेपाल, नेसनल डेमोक्रेटिक इन्स्टिच्युट, अक्स्फाम जीबी, सेभ द चिल्ड्रेन नर्वे, एसिया फाउन्डेसनलगायत १ सय ७५ वटा एनजीओ(आईएनजीओबाट कनकले नियमित रूपमा आर्थिक लाभ लिने गरेका छन् । उनीसँग विभिन्न आईएनजीओमा सँगै काम गरेका एक पत्रकारका भनाइमा कनक गुप्तचर एजेन्सीका व्यक्तिहरूसँग पनि नियमति सम्पर्कमा रहन्छन् ।
सहमति भाँड्न पनि सहयोग जुटाउनु कनकको भित्री योजनामा पर्छ । खासगरी अमेरिकी सहयोग नियोग यूएसएडसम्बद्ध एसिया फाउन्डेसन नामक संस्थामार्फत कनक अहिले युद्धकालीन मुद्दा ब्युँताउने र शान्ति प्रक्रिया भाँड्ने अभियानमा सक्रिय छन् । यसको एक मात्र उद्देश्य हो, शान्ति प्रक्रिया भाँड्नु र देशलाई पश्चिमाहरूको आश्रयस्थल बनाउनु । जब–जब दलहरूबीच सहमतिको वातावरण बन्छ, कनक गिरोह त्यसलाई भाँड्न अनेक हत्कण्डा अपनाउँछ । पुराना कुरा उप्काएर शान्ति प्रक्रिया भाँड्न सकिन्छ कि भनेर कनक कहिले बाँदरमुढेमा भाषण गर्न पुगिरहेका हुन्छन् भने कहिले डेकेन्द्र थापा प्रकरणलाई थप उचाल्न दैलेख पुगिरहेका हुन्छन् । सन्तुलनको नाममा कहिले उनी दोरम्बा पनि पुग्छन् ।
खासगरी कांग्रेस, एमाले र माओवादीलाई कुनै सहमतिमा पुग्न नदिनु नै यो गिरोहको ध्याउन्न रहेको देखिन्छ । उदाहरणका लागि संविधानसभाको संवैधानिक समितिमा शासकीय स्वरूपका बारेमा बहस हुँदा कनकले ‘एमाओवादीले भनेझैं राष्ट्रपतीय प्रणालीमा गएमा प्रचण्ड राष्ट्रपति हुने’ भन्दै कांग्रेसलाई त्यसमा सहमत नहुन उक्साएका थिए । कहाँसम्म भने कनक एन्ड गिरोहका एनजीओले कोठामा बसेर तयार पारी जारी गरेका नक्कली सर्वेक्षणसमेत कांग्रेस सभापति सुशील कोइरालासमक्ष प्रस्तुत गरिएको थियो । जसका कारण काग्रेस सहमतिबाट पछि हटेको बताइन्छ ।
अझ हिमाल पत्रिका र एसिया फाउन्डेसनका नाममा गरिएको सर्वेक्षणमा प्रचण्डले नै अधिक मत ल्याउने रिपोर्टसमेत पेस गरियो । यो गोप्य रिपोर्ट कांग्रेस र एमालेका नेताहरूलाई बुझाइयो । एमाले त्यसपछि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको पूर्वसहमतिबाट पछि हटेको थियो । यसरी दलहरूबीच संविधानका मूलभूत विषयमा सहमति हुन पाएन । मुलुक गतिरोधको भुमरीमा फस्यो । यसका एक जिम्मेवार कनक नै हुन्, जसले सहमति भाँड्न अनेक तिकडम गरे ।
कनक, सुबोध प्याकुरेल, कुलचन्द्र गौतमहरूको गिरोहले अर्को निकृष्ट राष्ट्र«घाती काम पनि गर्यो । त्यो हो, गत वैशाखमा लुम्बिनी विकासका लागि आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा आउन लागेका संयुक्त राष्ट्र संघका महासचिव वान की मुनको भ्रमण स्थगित गराउनु । माओवादी अध्यक्ष प्रचण्डको निमन्त्रणामा महासचिव मुन नेपाल आएको भए निश्चय नै अध्यक्ष प्रचण्ड र एकीकृत नेकपा माओवादीलाई केही लाभ हुन्थ्यो होला । तर, मुलुकलाई कुनै घाटा हुन्थेन । बरु, यो त मुलुककै गर्वको विषय हुन्थ्यो । एक त मुनको आगमनले नेपालका राजनीतिक दलहरूलाई शान्ति र सहमतिका लागि दबाब सिर्जना गथ्र्यो । त्यसैगरी, बुद्धको जन्मथलो नेपालको लुम्बिनी नै हो भन्ने समाचारले अन्तर्राष्ट्रिय माध्यममा स्थान पाउँथ्यो । मुनको नेपाल भ्रमण मुलुककै राष्ट्रिय हितमा थियो ।
मुनको भ्रमणका लागि सरकार र लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिले निकै ठूलो तयारी गरेको थियो । तर, तिब्बती मुद्दा उठाएर कनक, कुलचन्द्र एन्ड कम्पनीले मुनको भ्रमण भाँडेरै छाडे । हुन त कनक फ्रि–तिब्बत अर्थात् चीनविरोधी गतिविधिमा लागेको धेरै भइसकेको छ । एसिया फाउन्डेसन नामक सीआईएको अघोषित संस्थामार्फत आर्थिक स्रोत जुटाउने इन्सेकका सुबोध प्याकुरेल, चरण प्रसार्इं, मन्दिरा शर्माहरूको काम नै त्यही हो । मुनको भ्रमणभन्दा केही दिनअघि काठमाडांैका तिब्बती क्याम्पहरूमा पर्चा छरियो, ‘वैशाख १६ गते लुम्बिनी जाऔं’ भनेर । ती पर्चाहरू अन्त कतै नभई कनककै जगदम्बा प्रेसमा छापिएका थिए । यसबाट पनि स्पस्ट हुन्छ, कनकको खतरनाक कनेक्सन ।
ठगीका अरू उपाय पनि यो समूहबाट नहुने कुरा भएन । राणाहरूको अकुत सम्पत्ति अपुतालीमा पाएर सम्भ्रान्त वर्गमा परिणत भएको हिमाल मिडिया र जगदम्बा प्रेसका सञ्चालक कनक र उनका बाबु कमलमणिले साल्ट ट्रेडिङ कर्पोरेसनको झन्डै २ करोड रुपैया“ हिनाहिना गरेको तथ्य पनि भेटिएको छ । यो त्यसबेलाको प्रसंग हो, जतिबेला कनकका बाबु कमलमणि साल्ट ट्रेडिङ कर्पोरेसन सञ्चालक समितिको अध्यक्ष थिए । कमलमणि दीक्षितले पद र शक्तिको दुरुपयोग गर्दै हिमाल खबरपत्रिकाका लागि लिएको करोडौं रुपैयाँ उधारो हालसम्म तिरेका छैनन् । जगदम्बा प्रकाशन र हिमाल मिडियाको नाममा रहेको सो ऋण उनीहरूले अनेक प्रपञ्च रचेर पचाएरै छाडे । ती दुवै प्रकाशनलाई पत्र लेखेर ऋण चुक्ता गर्न कर्पोरेसनले बारम्बार तोकेता गरे पनि उनीहरूले विधि विधानलाई समेत टेरपुच्छर लगाएनन् ।
कर्पोरेसनको खातामा जगदम्बाका नाममा १ करोड १६ लाख ९७ हजार ८ सय ८६ रुपैयाँ र हिमाल मिडियाका नाममा ७८ लाख ५५ हजार ९ सय २३ रुपैयाँ उधारो अझै बाँकी छ । पुरानो बहीखाता खोल्ने हो भने यो स्पष्ट हुन्छ । कर्पोरेसनसँग कागजको कारोबार गर्दा उनीहरूले यो रकम उधारो राखेका थिए । दीक्षित बाबु–छोराले ‘विगत लामो समयदेखि विभिन्न प्रकारका छपाइसँग सम्बन्धित कारोबारका क्रममा रहेको बक्यौता २०६४ साल असार मसान्तभित्र चुक्ता गर्नुपर्ने’ समझदारी उल्लंघन गरेका हुन् । अरूलाई कानुनी राज्यको पाठ पढाउन नथाक्ने दीक्षित बाबु–छोराले लाजै नमानी ऋण चुक्ता नगर्नुको पृष्ठभूमिमा पनि थप भ्रष्टाचार लुकेको थियो । थानकोटमा कर्पोरेसनको जग्गाा किन्दा पनि केही वर्षअघि तत्कालीन प्रमुख कार्यकारी अधिकृत परमेश्वर महासेठसँग साँठगाँठ गरेर अध्यक्ष कमलमणिले कुल २ सय २५ रोपनी जग्गामध्ये राम्रो जग्गा आफ्नो गिरोहको नाममा र खोला किनारको जग्गा कर्पोरेसनको नाममा राखेका थिए । कार्यकारी अधिकृत महासेठको धन्दाको पर्दाफास भएपछि सञ्चालक समितिका अध्यक्ष कमलमणिलाई रिझाउन महासेठले करोडौं रकम जगदम्बा र हिमालको नाममा उधारो दिएका रहेछन् । यसरी सो जग्गा काण्डमा कमलमणिको पनि मिलेमतो रहेको स्पष्ट हुन आयो । कहाँसम्म भने कमलमणिले नेपाल तथा भारत सरकारको अनुदान सहयोगमा आउने आयोडिनयुक्त नुन मुलुकभर वितरणको जिम्मा साल्ट ट्रेडिङको साटो निजी कम्पनीलाई दिएर कमिसन खाने दाउपेच पनि गरेका थिए । त्यसैगरी, मुलुकको मौद्रिक नीतिविपरीत कर्पोरेसनको कारोबारका नाममा करोडौं रुपैयाँ भारतीय बैंकमा राखेर कमलमणि एन्ड कम्पनीले राष्ट्रघाती कामसमेत गरेको तथ्य खुलेको छ ।
त्यसरी कर्पोरेसनको नाममा थानकोटमा किनिएको २ सय २५ रोपनी जग्गामा करोडौं भ्रष्टाचार गरेको र मह कारोबारमा कर्पोरेसनलाई ४ करोड रुपैयाँ नोक्सानी पु¥याएको लगायतको अभियोगमा कर्पोरेसन सञ्चालक समितिले अध्यक्ष कमलमणि र कार्यकारी अधिकृत महासेठमाथि कारबाही सुरु गरेको पनि हो । उनीहरूलाई पदबाटै बर्खास्त गरियो । तर, त्यसबारेमा अख्तियारमा छानबिनका लागि उजुरी परे पनि अख्तियारले मौनता साँध्यो । पाठकहरू, के देशको करोडौं ढुकुटी लुट्नेहरूलाई हामी बुद्धिजीवी भन्न सक्छौं र?

Saturday, 2 March 2013

काठमाडौं, १७ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सहमतिमा आउन ढिला गरे जनताले कांग्रेस-एमालेलाई कुँडाकर्कटमा मिल्काउने बताउनुभएको छ । सत्तारुढ संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले काठमाडौंमा गरेको जनजागरण सभालाई सम्बोधन गर्दै गठबन्धनको समेत अध्यक्ष रहनुभएका प्रचण्डले सहमतिमा नआए परिवर्तनकारी जनताले कांग्रेस-एमालेलाई कुँडाकर्कटमा मिल्काउने बताउनुभएको हो । इतिहासमा जतिसुकै राम्रा काम गरेको भए पनि परिवर्तनको प्रवाहलाई रोक्ने प्रयास गरे जनताले क्षमा नगर्ने उहाँको भनाई थियो ।
'अझै पनि समय बितिसकेको छैन, सहमतिमा आउन ढिला नगर्नुस', प्रचण्डले भन्नुभयो 'ढिलो भयो भने तपाईंहरुलाई ठूलो क्षती पुग्नेछ । धेरै ढिला गर्नुभयो भने यो गठबन्धनले जनतालाई अपिल गर्नेछ, त्यसपछि नेपाली जनताले तपाईंहरुको अस्तित्व समाप्त पार्नेछन् ।'
अध्यक्ष प्रचण्डले कांग्रेस-एमालेको षड्यन्त्रमा परेर संविधानसभाको विघटन भएको बताउनुभयो । जेठ १४ गते दिउँसो बालुवाटारबाट बानेश्वर जान हिँडेकोमा कांग्रेस-एमालेका नेताहरुले बीचमै षड्यन्त्र बुनेको उहाँको भनाई थियो । बानेश्वर जान हिँडेकोमा बीचमै त्यसलाई सिंहदरबार मोडेको र त्यहाँबाट संविधानसभाभवन जान इन्कार गरेकाले संविधानसभा विघटन भएको प्रचण्डको भनाई थियो । संविधानसभा विघटन हुनबाट जोगाउनका लागि आफूहरुले पनि गर्नुपर्ने जति पहल गर्न नसकेको पनि उहाँले स्वीकार गर्नुभयो ।
'वर्तमान राजनीतिक गतिरोधको निकास गठबन्धनले दिन्छ', अध्यक्ष प्रचण्डले भन्नुभयो 'सत्तामा पुग्न मात्रै होइन, गठबन्धनले समृद्ध नेपालको निर्माण पनि गर्छ ।' परिवर्तनको एजेण्डा बोकेकाले गठबन्धनले नयाँ राष्ट्रिय एकताको निर्माण पनि गर्ने प्रचण्डको भनाई थियो । कुनै पनि पार्टी ठूलो हुनु, गठबन्धन बन्नु इतिहासको आवश्यकता भएको उल्लेख गर्दै गठबन्धनले जनताको एजेण्डा बोकेको प्रचण्डको भनाई थियो । अध्यक्ष प्रचण्डले नेपालको आवश्यकता अनुरुप गठबन्धन निर्माण भएको र जनताको एजेण्डा बोकेकोले गठबन्धनलाई कसैले परास्त गर्न नसक्ने दावी पनि गर्नुभयो ।

Friday, 1 March 2013

एमाओवादीले कुनै हालतमा जनताका मुद्धा छोड्दैन : प्रचण्ड

एमाओवादीले कुनै हालतमा जनताका मुद्धा छोड्दैन, छोडे माओवादीको अस्तित्व रहँदैन : प्रचण्ड

हेटौडा, २० माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाओवादीले कुनै हालतमा जनताका मुद्धा नछोड्ने प्रतिवद्धता जनाउँदै एमाओवादी नेपाल र नेपालीलाई समृद्ध बनाउने बाटोमा रहेको उल्लेख गर्नुभयो । एमाओवादीको एकताको सातौं महाधिवेशनमा शनिबार बेलुकी सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो– ‘एमाओवादीले कुनै हादलतमा जनताको एजेन्डा छोड्ने छैन, जुन दिन छोड्न त्यो दिनबाट माओवादी नेपालमा हुँदैन भन्ने बोध छ ।
एमाओवादीको महाधिवेशनले विश्वकै ध्यान तानेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले ‘देश विदेशमा रहेका नेपालीहरु र विश्व भरका मानिसहरुले पनि नेपालमा के हुन्छ र एमाओवादी के लिएर आउँछ, भन्ने जिज्ञासा छ, यसर्थ हाम्रो महाधिवेशनको औचित्य र महत्व पुष्टि भइसकेको छ ।’ उहाँले दशौं हजार जनताको छोराछोरीको बलिदानीबाट स्थापित पार्टीले त्यो रगत र बलिदानीमाथि कहिल्गै धोका नदिने समेत प्रतिवद्धता जाहेर गर्नुभयो । 
क्रान्ति सबै ठाउँमा एकै हुँदैन
एमाओवादी जडसुत्रवाद र दक्षिणपन्थी अतिवादको बीचबाट अघि बढेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले एमाओवादी वैज्ञानिक पार्टी भएकाले माक्र्सवादलाई यान्त्रिक रुपमा कहिले नलिएको बताउनुभयो । ‘हाम्रो पार्टीले के कुरा गहिरो गरी बुझेको छ भने क्रान्ति भन्ने कुरा सबै देशमा सबै समयमा एकै गरी हुँदैन, जुन कुरा कम्युनिष्ट पथप्रदर्कहरु माक्र्स, लेनिनको जीवनबाट पनि देखिसकेको छ । क्रन्तिहरु रुसमाजस्तो चीनमा भएन, चीनमा जस्तो पेरुमा भएन, पेरुमा जस्तो क्युवामा भएन, क्युवामा जस्तो भियतनाममा भएन ।’ उहाँको भनाई थियो ।
अन्तजस्तो नेपालमा पनि नहुने स्पष्ट पार्दै उहाँले यहाँ पनि हाम्रो खाले र हामी नेपाली जनताको लागि फरक तरिकाबाट क्रान्ति अघि बढ्ने बताउनुभयो । शान्तिपूर्ण तवरमा संविधानसभा निर्वाचनमा गएर जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने उहाँको विश्वास थियो । 
उत्पादनका लागि संघर्ष
अध्यक्ष प्रचण्डले सम्बोधनका क्रममा उत्पादनका लागि संघर्ष गर्नुपर्ने र तलदेखि माथिसम्म सबै तहमा उत्पादनको लागि संघर्ष गरी देशलाई समृद्ध पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘देशलाई छिटोभन्दा छिटो समृद्ध बनाउनका लागि उत्पादनलाई उल्लेख्य रुपमा वैज्ञानिक तवरमा बढनाउन महाधिवेशनले निर्णय गर्नेछ, महाधिवेशनले यसको विकल्प देखेको छैन ।’ २१ वर्षअघिको महाधिवेशनले राजतन्त्र ढालेको भन्दै अहिलेको महाधिवेशनले सम्पन्न र समृद्ध देश निर्माण र जनबादी क्रान्तिको कार्यभार पूरा गर्ने उहाँको कथन थियो । 
काँग्रेस–एमालेको मर्ने बेलामा प्वाँख
अध्यक्ष प्रचण्डले विपक्षी दलहरुका नेतहरुलाई इंगित गर्दै काँग्रेस, एमालेलाई सबै चाहेका मन्त्रालय लिन आग्रह गर्दा पनि नमानेको उल्लेख गर्नुभयो । सरकारमा हुँदाहुँदा पनि एमाओवादीले यति धेरै अफर दिँदा पनि नमान्नु विपक्षीको मसितभ्रष्ट भएको आरोप समेत उहाँले लगाउनुभयो ।
‘गृह, रक्षा लगायत महत्वपूर्ण मन्त्रालय लिनुस, अख्तियार पनि तपाईंहरु नै लिनुस्, भन्दापनि नमान्नु, भन्न त मन लागेको थिएनm तैपनि, काँग्रेस एमालेको मतिभ्रष्ट भएको हो कि ?’ उहाँले भन्नुभयो– ‘अब महाधिवेशनले अर्को सबैलाइृ मान्य हुने फर्मुला लिएरु आउँछ, त्यो पनि मान्नु हुँदैन भने काँग्रेस एमालेलाई जनताले हविगत देखाउनेछ, सबै प्रस्ताव नमान्दा लाग्छ, कतै उहाँहरुको मर्ने बेलामा कमिलाको प्वाँख आएको त हैन ।’