जनआन्दोलन-२ चलिरहँदा नेपाली सेनालाई गोलीको खडेरी नै परेको रहेछ। १६ हजार एम-१६ हतियारको लागी जम्मा १६ ८०० थान गोली मात्र बाँकी रहेछ। जुन एउटा हतियार लाइ एक थानमात्र गोली हो। त्यसै गरि भारतबाट किनिएको २५ हजार इन्सासको लागी जम्मा १ लाख ३० हजार गोली मात्र बाँकी रहेछ, जुन एउटा हतियारलाई ५ थानमात्र गोली मात्र बाँकी ह
राजाले शासन हत्याएदेखिनै अमेरिका, भारत, बेलायत लगायतका देशले हतियार दिन छोडेपछि नेपाली सेनालाई हतियारको संकट परेको रहेछ। त्यसैले राजा ज्ञानेन्द्रले चाहेर पनि आन्दोलन दवाउन नसकेका रहेछन। बन्दुकलागी गोली नभएपछि तत्कालिन राजा ज्ञानेन्द्र पछि हटेका रहेछन।
हतियारको अभाव भएको कुरा नेपाली सेनाका तत्कालीन मेजर जनरल प्रकाशबहादुर बस्न्यातले अमेरिकी राजदुतावासलाई जानकारी गराएको समेत खूल्न आएको छ।
त्यही समयमा नेपाल भ्रमणमा आएका अमेरिकी उपसहायक मन्त्री डोनाल्ड क्याम्पसंग पनि तत्कालिन सेनापति प्याराजंग थापाले हतियार नभएको कुरा सुनाएका रहेछन। उक्त कुरा अमरिकि मन्त्रीले तत्कालिन राजदुत शिवशंकर मुखर्जीसंग शेयर गर्दा मुखर्जीले नेपाली सेनाको हतियार १० गुना बढाएपनि माओवादीलाई नियन्त्रण गर्न नसकिने दावी गरेको समेत थाहा भएको छ।
No comments:
Post a Comment