Pages

Saturday, 13 August 2011

सहमतिको विकल्प छैन. : क. प्रचण्ड.

सहमतिय सरकार नै उचित विकल्प- प्रचण्ड

काठमाडौं, साउन २८ ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिय सरकार नै अहिलेको एक मात्र विकल्प भएको बताएका छन् । धनकुटा काठमाण्डौ गणतान्त्रिक मञ्चद्वारा राजधानीको नाचघरमा आज आयोजित कार्यक्रममा उनले विगतमा पनि दलहरुले हमतिय सरकार बनाउने बाटो छोडेकाले अहिलेको समस्या आएको बताए । नेपाली कााग्रेश र एमालेको अडानमा विगतमा माओवादी समेत बहुमतिय प्रणालीमा आउन बाध्य भएको उनको भनाई थियो । बहुमतिय प्रणाली स्वीकार नगरे गणतन्त्रनै घोषणा नहुने भएपछि विगतमा माओवादीपनि सहमतिय छोडेर बहुमतिय प्रणालीमा जान बाध्य भएको थियो ।

५ बुंदे सहमतिले सहमतिय प्रणालीको बाटो तय गरेको ठहर गर्दै उनले त्यसकालागि भदौ पहिलो हप्ता सम्ममा सेना समायोजका विषयमा ठोष कदम चालिने बताए । कार्यक्रमका बीच विभिन्न औद्योगिक क्षेत्रका दर्जनौ मजदुर माओवादीमा प्रवेश गरेका थिए । कार्यक्रममा अध्यक्ष प्रचण्डले अब गठन हुने सहमतिय सरकारको नेतृत्व माओवादीले गर्ने र त्यसमा सवै दल सहभागि हुनुपर्ने बताए । सहमतिय सरकार गठनका लागि दलहरु गम्भिर भए अझै पनि भदौं १४ गतेभित्र शान्ति प्रक्रियाका मुलभूत कार्य र संविधानको प्रारम्भीक मस्यौदा लेख्न सकिने दावी गरे .

1 comment:

Anonymous said...

Thought I would comment and say neat theme, did you make it for yourself? It's really awesome!