Pages

Tuesday, 12 April 2011

चैत २४ र हाम्रो भूमिका- अध्यक्ष प्रचण्ड

(२१औं जनआन्दोलन दिवसका दिन अध्यक्ष प्रचण्डद्वारा बसन्तपुरमा गरिएको सम्बोधनको सम्पादित अंश)
त्यो तागतले निर्विकल्प भनिएको पञ्चायती तानाशाही व्यवस्थालाई धारासायी बनायो । त्यो तागतले वास्तवमै त्यत्तिबेलै निरङ्कुश राजतन्त्रको सम्पूर्ण रूपले अन्त्य र नेपालमा जनताको गणतान्त्रिक व्यवस्थाको अपेक्षा गरेको थियो । सााच्चै त्यो दिन एउटा ऐतिहासिक फैसला गर्ने दिन थियो । गणतन्त्रको घोषणा गर्ने दिन थियो । तर, चैत २६ गते एउटा सम्झौता भयो । जनताको भावना र आकाङ्क्षा, जनताको पहलकदमी, गणतन्त्रका निम्ति धोका भयो ।

नेपालमा हिजो राजा सुपि्रम कमान्डर थियो । जो सुपि्रम कमान्डर थियो, नेपाली जनतालाई दबाउनका निम्ति । त्यो अहिले धारासायी भएर गएको छ । हिजो जनयुद्धको सुपि्रम कमान्डर, नेपाली जनताको माया र ममताले प्रधानमन्त्री भयो । अहिले तपाईंहरूको अगाडि भाषण गर्दैछ । यो हो नेपालको शान्तिप्रक्रिया । हालै नेपाली सेनाको तर्फबाट पनि समायोजन र पुनःस्थापनाको सकारात्मक सोच बाहिर आएको छ । यसले वास्तवमा नेपाली सेना र माओवादी सेना हिजो एकआपसमा लडे पनि आज मिलेर नेपाललाई नयाा नेपाल बनाउन चाहन्छन् भन्ने असाध्यै सकारात्क सङ्केत देखियो । यो सङ्केतलाई यथास्थितिवादी र प्रतिगामी शक्तिहरूलाई मन परेको छैन ।
हामी नेपालमा मजदुर, किसान, दलित, महिला, आदिवासी जनजाति, हिमालदेखि तराईसम्मका उत्पीडितहरूको शासनसत्तामा मजबुद पकड होस् भन्ने चाहेका छौं । त्यसकारण उत्पीडितहरूको बर्चस्व कायम होस् भन्ने सोचिरहेका छौं । पुरातनपन्थी, यथास्थितिवादी, प्रतिक्रियावादीहरू पुरानै ०४७ को संविधान बिउातिओस्, परिवर्तन सङ्गठित नहोस्, उत्पीडित, दलित आदिवासी कसैले अधिकार नपाउन् भन्ने पक्षमा छन् । हामी नेपाली जनताको भावनाअनुसारको संविधान बनाउनेमा अन्तिम सङ्घर्षमा छौं ।
माओवादी अब मजबुद ढङ्गले एकताबद्ध भएको छ । माओवादीलाई दुनियााको कुनै पनि तागतले फुटाउन सक्नेवाला छैन । दसौंहजार सहिदहरूको रगतले लटपटिएको पार्टी एक दुईजनाले चाहेर पनि फुट्न सक्दैन । फुटाउन सक्ने छैनन् । यो पार्टी फुटाउनका निम्ति, नेपालको त कुरा छोड्नुहोस, तिनीहरूले चाहेर पनि फुटाउन सक्ने होइनन्, तिनको बलबुताभन्दा बाहिरको कुरा हो । ठूलाठूला विश्वशक्ति लागेका छन् ।
चैत २४ गते आजकै दिन, २०४६ सालमा एउटा ऐतिहासिक जनआन्दोलन भयो । त्यो जनआन्दोलन अभूतपूर्व थियो । देशैभरी र मुख्यतः राजधानीमा जनताको सागर सडकमा ओर्लियो । त्यो महासागरजस्तै थियो । महासागरमा म आफू र हाम्रो पार्टीका जिम्मेवार कमरेडहरू सहभागी भएर टुाडिखेलतिर बढ्दै थियौं । त्यो तागतले निर्विकल्प भनिएको पञ्चायती तानाशाही व्यवस्थालाई धारासायी बनायो । त्यो तागतले वास्तवमै त्यत्तिबेलै निरङ्कुश राजतन्त्रको सम्पूर्ण रूपले अन्त्य र नेपालमा जनताको गणतान्त्रिक व्यवस्थाको अपेक्षा गरेको थियो । सााच्चै त्यो दिन एउटा ऐतिहासिक फैसला गर्ने दिन थियो । गणतन्त्रको घोषणा गर्ने दिन थियो । तर, चैत २६ गते एउटा सम्झौता भयो । जनताको भावना र आकाङ्क्षा र जनताको पहलकदमी गणतन्त्रका निम्ति धोका भयो । चैत २४ गतेका दिन काठमाडौं, ललितपुर र भक्तपुरमा सबैतिरबाट जति जुलुसहरू टुाडिखेलतिर जम्मा हुादै थिए, त्यतिबेलाको नारा थियो राजतन्त्र मुर्दावाद û गणतन्त्र जिन्दावाद û तर, चैत २६ गतेको दिन पञ्चायतको मात्रै अन्त्य गरीकन संवैधानिक राजतन्त्रका निम्ति सम्झौता भयो । मैले आजको दिन एउटा कुरा स्मरण गर्ने गरेको छु । चैत २६ गते सम्झौता भइसकेपछि २७ गतेको दिन त्यतिबेलाको हाम्रो समूहको तर्फबाट मैले एउटा वक्तव्य ड्राफ्ट गरेको थिएा, \'यो वाम-कांग्रेस-राजाको गठबन्धनले नेपाली जनताका फेरि धोकामा परेका छन् ।\' त्यो वक्तव्यलाई पर्चा बनाएर छरिएको थियो २७ गतेका दिन ।
त्यहाा दुईवटा धारा देखिएका थिए । नेपालको राजनीतिमा एउटा सम्झौतावादको धारा, राजतन्त्रसाग सम्झौता गर्ने र नेपाली जनताको आकाङ्क्षालाई कुठाराघात गर्ने धारा । एउटा जनताको आमूल परिवर्तनको सम्मान गर्ने र त्यसका निम्ति राजनीतिक प्रतिबद्धता व्यक्त गर्ने । सम्झौतावादको धारा संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्रको नाममा वाम-कांग्रेस-राजाको गठबन्धन मुर्दावाद भन्ने जे नारा लगाएका थियौं, त्यो नाराबाट महान् जनयुद्धको उद्घोष भयो । एउटा धारा चैत २६ गतेको सम्झौताको दिन, जनताप्रतिको विश्वासघातको दिन । एउटा चैत २४ गतेको दिन । जनताको पहलकदमीको दिन । क्रान्तिको उद्घोष, एउटा आमूल परिवर्तनको प्रतिज्ञा दिन । त्यो दिन अब इतिहास बनिसकेको छ । चैत २४ जनयुद्धको दिन बन्यो । चैत २६ संशोधनवाद बन्यो । चैत २६ ले पटकपटक नेपाली जनतामाथि सङ्कटकाल लगाएर बुट बजार्‍यो । गोली बर्सायो । नेपाली जनताका हजारौं श्रेष्ठतम् छोराछोरीहरूको हत्या गर्ने गर्‍यो । चैत २४ गतेको दिन जनयुद्ध हुादै गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, नयाा नेपालको परिकल्पना गर्दै अगाडि बढ्यो । ०६२/६३ को जनआन्दोलनमसम्म आउादा दसवर्षको जनयुद्धको जगमा जुन एउटा नयाा परिस्थिति बन्यो । त्यसमा पनि खासगरी दरबार हत्याकाण्ड भएर नेपालमा फेरि एकचोटी नक्कली निरङ्कुश राजतन्त्र, त्यो पनि सम्पूर्ण शक्ति आफ्नो हातमा लिने दुस्साहस गर्‍यो । त्यसपछि संसदवादीहरूले राजतन्त्रसाग घुाडा टेकेकै थिए । उनीहरू अझै घुाडा टेक्न चाहन्थे । उनीहरूलाई त्यतिबेलाको नक्कली राजतन्त्रले घुाडा टेक्न पनि दिएन । घुाडा टेक्न गएका पार्टीहरूलाई लात्ताले हानिदिएर माओवादीको साथमा पुर्‍याइदियो । जनयुद्धले ऐतिहासिक आधार तयार पारिसकेको थियो । पूर्वदेखि पश्चिमसम्म, हिमालदेखि तराईसम्मका नेपाली जनतामा नयाा चेतना, नयाा तागत पैदा भइसकेको थियो । त्यो तागतको बलमा १२ बुादे समझदारी भयो । त्यो १२ बुादे समझदारीले नेपाललाई एउटा नितान्त नौलो बाटोतिर संविधानसभा, शान्तिप्रक्रिया, गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, नयाा नेपालको एउटा सुन्दर सपनातिर लिएर गयो । र, हामी संविधानसभाको निर्वाचनमा आयौं ।
अहिले हामी असाध्यै गम्भीर क्षणमा छौं । २१औं जनआन्दोलन दिवस मनाउादै गर्दा यो परिवर्तनको प्रवाहमा नेपाली जनताले जे सपना देखेका हुन्, हाम्रा वीर सहिदहरूले, बेपत्ता योद्धाहरूले जेका निम्ति त्याग गरेका छन्, हाम्रा घाइते, जनआन्दोलनका सहिद, घाइतेहरूले जे सपना देखेका हुन्, ती पूरा हुने हुन् या होइनन् भन्ने एउटा गम्भीर प्रश्न छ । यतिबेला हामीले लिने सङ्कल्प के हो ? हामीले के प्रतिबद्धता लिने हो ? यो संविधानसभा, शान्तिप्रक्रियाबाट नेपाली जनताले के खोजेको हो ? १२ बुादे समझदारीको भूमिकामा भनिएको थियो, \'वर्गीय, जातीय, क्षेत्रीय, लैङ्िगक रूपमा राज्यको अग्रगामी पुनर्संरचना गर्ने । त्यसका निम्ति संविधानसभाको निर्वाचन गर्ने र संविधानसभाबाट जनताको नयाा संविधान बनाउने ।\' त्यो सङ्कल्पकासाथ समझदारी भएको थियो । नेपालमा एउटा सााच्चै विश्वमा कहीा नदेखिएको एउटा जनताको पहलकदमी, २१औं शताब्दीको पहिलो दशकमा दुनियााभरिले नेपाली जनताको साथ गर्व गरेका थिए । नेपाली जनताले बलिदानीद्वारा लिएका राजनीतिक पहलकदमी, राजनीतिक सुझबुझबाट विश्वभरिका जनता प्रेरित भएका थिए । नेपालमा जनयुद्ध र जनआन्दोलनको एउटा यस्तो समायोजन भएको थियो, हामी एकातिर जनयुद्ध लड्दै थियौं । मोर्चामा, ट्रेन्चहरूमा हाम्रा जनमुक्ति सेना र योद्धाहरू एक ढङ्गले लड्दै थिए । सहर, बजार, सदरमुकामहरूमा जनताको जनआन्दोलनको विकासका साथ लामबन्दी भएर अगाडि बढ्दै थिए । ती सबैको के माग थियो ? के चाहना थियो ? एउटा नेपाली जनताको गणतान्त्रिक नयाा नेपाल हो चाहेको । एउटा यस्तो शान्ति, यस्तो संविधान जनताको शान्ति र संविधानको अपेक्षाकासाथ ती कुराहरू भएका थिए । आज हामी जनआन्दोलन दिवसका दिन तिनै जनताका सपनाहरू, जनताका भावनाहरू स्मरण गर्छौं र त्यसबाट प्राप्त गर्ने कोसिस गर्छौं ।

यतिबेला जनआन्दोलन दिवस मनाउनु औपचारिकतामात्रै छैन । एउटा सभा गर्ने केहीले भाषण गर्ने, केही गीत गाउने मात्रै होइन, यतिबेला के सााच्चै नेपालमा जारी शान्तिप्रक्रिया नेपाली जनताले चाहेजस्तो, नेपाल राष्ट्रको स्वतन्त्रता र आवश्यकता जस्तो बन्छ कि बन्दैन ? नेपालको संविधान बनाउन अब ५० दिनमात्र बााकी छ । नेपालको संविधान नेपाली जनताले चाहेअनुसारको बन्छ कि बन्दैन ? त्यसैको निम्ति नेपाल र नेपाली सबैका निम्ति, त्यसमा पनि परिवर्तन चाहनेहरूको निम्ति चुनौती आउादै छ । यदि शान्तिप्रक्रियाविरुद्ध षड्यन्त्र भयो भने, संविधान निर्माणविरुद्ध षड्यन्त्र भइरहेको छ, त्यो षड्यन्त्र अघि बढ्यो भने जेठ १४ पछि के होला ? सम्पूर्ण नेपालीहरू चिन्तित छन् । देशभित्र भए पनि देश बाहिर भए पनि सबैको चिन्ता छ । केही मानिसहरू, जसले यो परिर्वतन मन पराएका थिएनन् र मन पराएका छैनन्, ती मानिसहरूलाई सङ्घीयता मन पर्दैन, गणतन्त्र मन परेको थिएन, जातीय, क्षेत्रीय, लैङ्िगक रूपमा राज्यको पुनर्संरचना मन पर्दैन । ती मान्छेहरू अनेक षड्यन्त्र अहिले पनि गर्दै आइरहेका छन् । समय अन्तिमतिर आउादै गर्दा ती मान्छेहरूले षड्यन्त्र बढाउादै लगेका छन् । ती षड्यन्त्रका तानाबाना विभिन्न रूपमा हामीले देखिरहेका छौं । केही समय अगाडि तराईंमा देखिएका बम विष्फोटको घटना हेर्‍यौं भने त्यो षड्यन्त्र प्रष्टै देखिन्छ । षड्यन्त्रको गन्ध हृवास्सै आइरहेको छ । कति भयायनक विष्फोट गरिएको छ । निर्दोष जनता चढेको बसमा बम फिष्फोट भएको छ । कसले गरायो विष्फोट ? हामी सबैलाई राम्रोसाग थाहा छ । आजमात्र मिडियामा आयो, काठमाडौंको १५ ठाउामा बम विष्फोट गराउने रे û मान्छे मार्ने रे û कसले गर्दै छ यो ? शान्तिप्रक्रिया टुङ्ग्याउनुपर्ने बेलामा, संविधान निर्माणको कामलाई अन्तिम रूप दिने बेलामा षड्यन्त्र गर्दैछन् । किन यो षड्यन्त्र गर्दैछन् ? यो प्रश्न हामी सबैले सोच्न आवश्यक छ ।

नेपालको शान्तिप्रक्रिया आफ्नै मौलिकतामा अघि बढिरहेको छ । अन्य देशको कुनै पनि शान्तिप्रक्रियासाग नेपालको शान्तिप्रक्रिया मिल्दैन । नेपालमा हिजो राजा सुपि्रम कमान्डर थियो । जो सुपि्रम कमान्डर थियो, नेपाली जनतालाई दबाउनका निम्ति । त्यो अहिले धारासायी भएर गएको छ । हिजो जनयुद्धको सुपि्रम कमान्डर, नेपाली जनताको माया र ममताले प्रधानमन्त्री भयो । अहिले तपाईंहरूको अगाडि भाषण गर्दैछ । यो हो नेपालको शान्तिप्रक्रिया । नेपालको यो शान्तिप्रक्रियाको मान्यतालाई कसैले विश्वास गर्दैन र मान्न तयार हुन्न भने त्यो मान्य हुादैन ।

त्यसकारण सेना समायोजन र पुनःस्थापना पनि नेपालको मौलिकता, हाम्रो शान्तिसम्झौताअनुसार हुनुपर्छ । हामी त्यसको नजिकै छौं । म तपाईंहरूको अगाडि उभिएर शान्तिप्रक्रिया टुङ्ग्याउने कुरा गर्दैगर्दा एउटा खुसीको कुरा के व्यक्त गर्न चाहन्छु भने हिजो आपसमा लडिरहेको दुईवटा शक्तिहरू अहिले मिल्नुपर्छ भन्ने वातावरण बन्दैछ । केही समय पहिलेमात्रै जनमुक्ति सेना जसरी शक्तिखोरमा एउटा समारोह गरेर विशेष समिति मातहत जाने घोषणा गरियो । त्यो घोषणामा सेना समायोजन र पुनःस्थापनाका निम्ति जनता र राष्ट्रको हितका निम्ति प्रतिबद्धता भएको थियो । त्यसपछि लगातार हामी त्यो प्रक्रियामा अगाडि बढ्दैछौं । हालै नेपाली सेनाको तर्फबाट पनि समायोजन र पुनःस्थापनाको सकारात्मक सोच बाहिर आएको छ । यसले वास्तवमा नेपाली सेना र माओवादी सेना हिजो एकआपसमा लडे पनि आज मिलेर नेपाललाई नयाा नेपाल बनाउन चाहन्छन् भन्ने असाध्यै सकारात्मक सङ्केत देखियो । यो सङ्केतलाई यथास्थितिवादी र प्रतिगामी शक्तिहरूलाई मन परेको छैन । उनीहरू यसखालको सकारात्मक कुरालाई कसरी निष्कर्षमा पुर्‍याउने भन्दा यसलाई के गरी भााड्ने भनेर अाध्यारा कोठाहरूमा षड्यन्त्र गर्दैछन् । हामी आज तिनीहरू सबैलाई खबरदारी गर्नुछ । हामी तिनीहरू सैबैका विरुद्ध चुनौती दिने तागत सृष्टि गर्नुछ । त्यो अपिल तपाईंहरूसाग गर्दछु ।

हाम्रो पार्टी संविधान निर्माणका निम्ति असाध्यै लागिपरेको छ । दस वषर्ीय जनयुद्धमा सबभन्दा ठूला बलिदान संविधानका निम्ति भनेरै भयो । संविधानसभा निर्वाचन भयो । हाम्रै पार्टी संविधानसभाको सबैभन्दा ठूलो भयो । त्यसकारण संविधान बनाउने जिम्मेवारी सबैभन्दा बढी हाम्रो पार्टीलाई छ भन्ने हाम्रो पार्टीलाई गहिरो अनुभूत छ । त्यसैकारण हाम्रै पार्टीको नेतृत्वमा २७ दलको सहमतिले म स्वयम् पार्टीको अध्यक्षले कार्यदल बनाएर २२७ वटा मतभेदमध्ये झार्दै ५० वटामा ल्यायौं । अहिले उपसमिति बनिसकेपछि त्यो ३० वटामा झरेको छ । हामीले जनताको संविधान बनोस् भनेका छौं । यद्यपि, केही महत्वपूर्ण विषय बााकी छन् । राज्यपुनर्संरचना बााकी छ । सङ्घीयताको मोडल कस्तो हुने भन्ने बााकी नै छ । शासकीय स्वरूप, राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुने या नहुने भन्ने बााकी छ । निर्वाचन प्रणाली कस्तो हुने भन्ने बााकी छ । हामी नेपालमा मजदुर, किसान, दलित, महिला, आदिवासी जनजाति, हिमालदेखि तराईसम्मका उत्पीडितहरूको शासन सत्तामा मजबुत पकड होस् भन्ने चाहेका छौं । त्यसकारण उत्पीडितहरूको बर्चस्व कायम होस् भन्ने सोचिरहेका छौं ।

पुरातनपन्थी, यथास्थितिवादी, प्रतिक्रियावादीहरू पुरानै ०४७ को संविधान बिउातिओस्, परिवर्तन सङ्गठित नहोस्, उत्पीडित, दलित आदिवासी कसैले अधिकार नपाउन् भन्ने पक्षमा छन् । फेरि पनि हामी नेपाली जनताको भावनाअनुसारको संविधान बनाउनेमा अन्तिम सङ्घर्षमा छौं । यो उपसमितिको सन्दर्भमा अब संविधान बनाउन ५० दिनमात्र बााकी छ । यो बेलामा हाम्रो पार्टीले के भन्यो भने पार्टीको प्रमुख नेतृत्व अथवा अध्यक्ष उपसमितिमा मात्र बस्नुभन्दा शान्तिप्रक्रियाका कामलाई पनि उत्तिकै महत्व दिनुपर्ने, सरकारको कामलाई पनि तीव्रता दिनुपर्ने भइरहेको छ । यतापट्टमिा पनि उत्तिकै काम गर्नुपर्ने भइरहेको छ । यस्तो बेला पार्टीको मुख्य नेताले अन्य काम गर्ने र पार्टीको अन्य नेताले संविधान निर्माणको काम गर्ने भन्ने के सोचेका थियौं हामीले त्यो प्रस्ताव संवैधानिक समितिमा के राखेका थियौं । संविधान बनाउन नचाहने कतिपयले माओवादी संविधान निर्माणबाट भाग्यो, संविधान निर्माणको काम छोड्यो भनेर षड्यन्त्र मच्चाउन थाले । हाम्रो उद्देश्य त्यो थिएन । हामी संविधान बनाउन चाहन्छौं । कतिपय पार्टीहरूलाई सााच्चै लाग्यो, फेरि माओवादी अध्यक्ष उपसमितिको अध्यक्ष बसेन भने त संविधान बन्दैन भनेर कतिपयलाई सााच्चै लाग्यो ।

यो परिस्थितिपछि योबाट अलग्गिन खोज्ने प्रयास हामीबाट उठ्नै सक्दैन भनेर फेरि संविधान निर्माण प्रक्रियालाई पनि अन्तिमसम्म लैजाने भन्ने निर्णय गरेका छौं । तर, सवाल उपसमितिको होइन । सवाल उपसमितिको भन्दा पनि संविधान बनाउने या नबनाउने ? संविधान जनताको पक्षमा बनाउने कि नबनाउने भन्ने सवाल मुख्य पक्ष हो । अहिले त्यसमा सङ्घर्ष परिरहेको छ । मुख्यतः राज्यपुनर्संरचनामा सङ्घर्ष परेको छ । हाम्रो पार्टी, तपाईंहरूले विश्वास गरेको, नेपाली जनताले विश्वास गरेको पार्टी हो । संविधानसभाका लागि भनेर धेरै रगत बगाएको पार्टी भएका नाताले हामी अन्तिम समयसम्म संविधान निर्माण प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सङ्घर्षरत छौं । र, सङ्घर्षरत रहने छौं ।

हाम्रोतर्फबाट धेरै मेहनत गरिएको छ, जनताको संविधान बनोस्, शान्तिप्रक्रिया जनताको शान्तिप्रक्रिया होस्, मुर्दाशान्ति नहोस् भन्नका निम्ति । यो शान्तिप्रक्रियालाई सही निष्कर्षमा पुर्‍याउने र जनताको संविधान बनाइ छाड्ने प्रतिबद्धता पनि कायम गर्नुछ । म सम्पूर्ण जनताले त्यसका निम्ति आ-आफ्नो ठाउाबाट, यथास्थितिवादका विरुद्ध, प्रतिक्रियावादका विरुद्ध, शान्ति र संविधानका विरोधीविरुद्ध खबरदारी गरिराख्न जरुरी छ ।
अहिले जुन षड्यन्त्र भइरहेको छ, त्यो षड्यन्त्र सााच्चै अगाडि आयो भने । तराईमा बम विष्फोट भइरहेको छ । यो भ्यालीमा पनि बम विष्फोट गराउने रे û भन्ने प्रचार छ । यो खालको हत्या, आतङ्क मच्चाउने षड्यन्त्रमात्र देखिएको छैन, कुनै न कुनै रूपमा पुरानै राजा नआए पनि नयाा श्रीपेच गुथाउने षड्यन्त्र भइरहेको छ । यसमा सबै सतर्क हुन सबैलाई जरुरी छ । हामीलाई अब श्रीपेच चाहिएको छैन । नेपाली जनता आफ्नो राज्य आफैं सञ्चालन गर्न चाहन्छन् । कुनै पनि खालको श्रीपेच नेपाल र नेपालीलाई स्वीकार्य छैन ।

अहिले राष्ट्रिय स्वाधीनताका पक्षधर, देशभक्त, नेपाल र नेपालीलाई माया गर्नेहरू र विदेशीको इशारामा चल्ने, नेपालको आफ्नो स्वाभिमानलाई बिक्री गरेर खाने बीचमा निकै ठूलो लडाइा परिरहेको छ । यति नै बेला नेपालका राजनीतिक दलहरूभित्र विभिन्न खालको किचलोहरू परेका छन् । तपाईंहरूलाई लागेको छ होला नेपाली कांग्रेसमा त पर्दै आएको हो, फुट्दै गएको हो र जुट्दै गएको हो । फुट्दै गए, मिल्दै गए, भ्रष्टाचार गर्दै गए, लुट्दै गए नेपाललाई र नेपालीलाई यो त जानेमानेकै कुरा हो । एमाले भन्ने पार्टीको पनि जानेमानेकै कुरा हो । अब त माओवादी पनि उही बाटोमा गयो भन्ने पक्कै लाग्यो होला ।

माओवादीमा पनि उस्तै झगडा, माओवादीका नेता तथा कार्यकर्ता पनि बिग्र्‍या बिग्र्‍याजस्ता तपाईंहरूलाई पनि लाग्यो होला । हो, राजनीतिक दलहरू छन् । दुनियााभरी विभिन्न विचारका राजनीतिक दलहरू हुन्छन् तर सबै राजनीतिक दलहरू एउटै खालका हुादैनन् । माओवादी मजदुर, किसान, दलित, महिला, आदिवासी जनजाति सबैसबै उत्पीडित श्रमजीवी जनताको प्रतिनिधिको रूपमा आएको हो । यो पार्टीले तागत सिंहदरबारबाट, नारायणहिटी वा बालुवाटारबाट प्राप्त गरेको होइन । यो गरिब, किसान, देभक्त बुद्धिजीवीहरूबाट सबै सबैको त्याग र बलिदानबाट शक्ति प्राप्त गरेको हो । कतै यो पार्टी पनि त्यस्तै हुने त होइन ? चिन्ता अहिले देशैभरि फैलिएको छ । अझ मिडियामा त थोरै माओवादीको बारेमा नलेखे पत्रपत्रिका बिक्री पनि हुादैन कि ! थोरै भए पनि गाली गर्नैपर्छ । भए पनि गर्नैपर्छ नभए पनि गर्नैपर्छ । जे मन लाग्यो त्यही लेखेर भए पनि माओवादीको विरोध गर्नैपर्छ । यसले जनतामा चिन्ता छ । मलाई थाहा छ, जनतामा ठूलो चिन्ता छ ।

आज तपाईंहरूको अगाडि यो उपलक्ष्यमा म केही भन्दैछु । हिजो चैत २४ को जनआन्दोलनपछि हामी जतिबेला पार्टीमा बहस गर्दै थियौं, नेपाली जनताको पक्षमा क्रान्ति कसरी अगाडि बढाउने भन्नेमा । हामी बहसले कमजोर भएनौं, बलियो भयौं । हामी रूपान्तरित भयौं । जनयुद्धको बेला भित्र बहस थियो, सङ्घर्ष हुन्थ्यो । कहिलेकााही त जहाज डुब्यो क्यारे भनेजस्तो हुन्थ्यो । तपाईंहरूले सुन्नुभएको होला त्यतिबेला ज्ञानेन्द्र शाहीका भरौटेले के प्रचार गर्थे भने माओवादीका नेताहरूले एकले अर्कोको कञ्चटमा बन्दुक राखेका छन् । फुट्नै लागेका छन् भनेर प्रचार गरेको देख्नुभएको छ । तर, हामी उनीहरूले चाहेजस्तो प्रतिक्रियावादी, यथास्थितिवादी, तानाशाहरूले भनेजस्ता फुटेनौं । हामी झन् मजबुद भएर आयौं ।

संविधानसभापछि यो पार्टीलाई क्षतविक्षत पार्न सकिन्छ, फुटाउन सकिन्छ भनेर निकै ठूलो कसरत नभएको होइन । तपाईंहरूले देख्नुभयो संविधानसभामा यो पार्टी सबभन्दा ठूलो भएर आयो । अहिले पनि हाम्रो पार्टीमा बहस भएकै हो र छलफल भएकै हो । तर, अरू पार्टीभन्दा भिन्न छ । यो अर्कै धातुले बनेको पार्टी हो । लेनिनले एकचोटी कतिपय पार्टी नेताका बारेमा कुरा गर्दा भन्ने गरेको कुरा मैले राख्ने गरेको छु, चिल पनि कहिलेकहीा तल आएर ओर्लन्छ, कुखुराजस्तै भुइामा आएर बस्छ । त्यस्तै माओवादी पार्टी पनि भुाइमा आएर बसेको छ । माओवादी चिल आकाशमा उडेजस्तै धेरै माथि उड्न सक्छ । कुखुरे पार्टीहरू आकाशमा कहिल्यै पुग्दैनन् । माओवादीले आकाशको उडान सुरु गरिसकेको छ ।

माओवादी अब मजबुत ढङ्गले एकताबद्ध भएको छ । माओवादीलाई दुनियााको कुनै पनि तागतले फुटाउन सक्नेवाला छैन । दसौंहजार सहिदहरूको रगतले लटपटिएको पार्टी एकदुई जनाले चाहेर पनि फुट्न सक्दैन । फुटाउन सक्ने छैनन् । यो विश्वास म तपाईंहरूलाई व्यक्त गर्न चाहन्छु । यो पार्टी फुटाउनका निम्ति, नेपालको त कुरा पनि छोड्नुहोस, तिनीहरूले चाहेर पनि फुटाउन सक्ने होइनन्, तिनको बलबुताभन्दा बाहिरको कुरा हो ।

ठूलाठूला विश्वशक्ति लागेका छन् । अहिले यो पार्टी फुटाउन सकिएन भने, यसले नेपालमात्र जित्दैन, दक्षिण एसिया जित्छ । यो पार्टीले दक्षिण एसियामात्र जित्दैन, विश्व जित्छ भन्ने राम्रोसाग थाहा छ तानाशाह प्रतिक्रियावादी शक्तिहरूलाई । त्यसकारण यो पार्टीलाई फुटाउन षड्यन्त्र भएको छ । तर, हामी पनि नेपाली श्रमजीवी जनताको माया, ममता, सहिदहरूको त्याग, तपस्या, बलिदान वा रगतले सिाचित पार्टी हुनुको नाताले त्यो षड्यन्त्रलाई कसरी परास्त पार्न सकिन्छ भन्ने सिकिसकेका छौं । तपाईंहरूले हेर्नुभयो भने हामी हिजो आज फेरि नयाा उचाइमा एकताबद्ध हुादैछौं । यो शान्ति र संविधान निर्माणविरुद्ध षड्यन्त्र गर्ने शक्तिलाई धारासायी पार्ने शक्ति आर्जन गर्दैछौं ।

Friday, 1 April 2011


Revolution cannot be completed weakening Prachanda: Haribol Gajurel

 
Revolution can not be campleted weakening comrade Prachanda : Haribol Gajurel

Q: Why was the central committee meeting stalled ? When will the party call the meeting ?
A: The meeting was postponed for 3 to 5 days. Political discussions are underway inside the party and outside as well. The meeting has been stalled because the party leaders need to undergo vigorous discussions in a systematic way. Major reason for stalling the meeting was to find ways to resolve the impending problems. The standing committee meeting of Sunday has decided to take a concrete decision after identifying the ways to resolve the problems and therefore the central committee meeting will be held after 2 or 3 days.
Q: What exactly is the contradiction among the leaders at present ?
A: Party is under discussion on ideological issues. Discussion is focused especially on the model of Nepali revolution and how we can conclude the revolution. There are some differences on the ways to take ahead the issue of peace and constitution and the ways to conclude the army integration process.
Some issues and proposals have been raised with an intention to weaken the leadership and they are negative aspects of the ongoing discussion. We can only interfere in the national politics only after strengthening our role to fulfil the party’s responsibility towards the nation.
Proposals have also come with an intention to weaken the party which is the negative aspect of the discussions. We can only interfere in the national politics only after strengthening our role to fulfil the party’s responsibility towards the nation. The discussion has been focused more on centralising and strengthening the party.
To resolve the problems of the national politics party should first solve the problems surfaced within the party. It is essential for the party to resolve its problem first to interfere in the national politics. Therefore we are in serious homework. We are under discussions to lead the issues raised in a negative way towards positive direction.
Q: What do you mean by the issues raised in negative way ?
A: Some issues and proposals have been raised with an intention to weaken the leadership and they are negative aspects of the ongoing discussion. We can only interfere in the national politics only after strengthening our role to fulfil the party’s responsibility towards the nation. The discussion will be focused more on centralising and strengthening the party.
Q: News have been spread claiming that the party was inching closer to agreement on distributing the responsibilities of government, organisation and army by different leaders and chairman will take the leadership of the party as a whole ?
A: The issue of protecting the role of leadership can be taken positively. Some such issues have been floated in a planned way from outsiders in an informal way. We must clarify such issues.
Q: Why such issues have come to fore?
Reasons must be identified to resolve such issues. Discussions on the issue of work division and distribution of roles in an appropriate way– should also be discussed but in a positive manner. We must take up the issues that come with good intention but must be aware of the issues coming with ill intention. So we should be clear on the confusing issues.
Some issues and proposals have been raised with an intention to weaken the leadership and they are negative aspects of the ongoing discussion. We can only interfere in the national politics only after strengthening our role to fulfil the party’s responsibility towards the nation.
Q: There are lots of issues including the party’s take on government. What issues are in the top priority of the party ?
A: We are taking a new and different route. We should find the new Nepali model having Nepali speciality in the 21st century. There are differences among the top leaders on the form of Nepali revolution and concluding the revolution. The debate of Baburam, Kiran and chairman Prachanda is focused on this issue. We cannot say that this debate could be resolved soon.
We can come to a conclusion after vigorous discussions and during the national convention of the party. Discussions have continued on whose ideology and attitude should dominate the party rank and file even after the unification of the party. Since Prachanda is leading the party his role must be effective in the party now, his leadership must dominate the party and the dream of the revolution cannot come true if we weaken him. Leaders have been taking the debate and discussions ahead on this approach.